About the Author
Mithocha
ISBN 9789937705905
Rs. 325
Agoko Pidara
कुनै पनि बस्तुलाई फरक तौरले देख्ने अन्तर्दृष्टि कविमा हुन्छ । हिजो अरूले नै देखिसकेको/लेखिसकेको विषयबस्तुलाई नयाँ तरिकाले देख्न र लेख्न समेत सक्छ कुनै नयाँ कविले । त्यसैले कविता लेखन सौन्दर्य चिन्तन र दार्शनिक साधनाको एक अटुट चलिरहने शृङ्खला हो । यस शृङ्खलामा युवा कवि मिथोच 'आगोको पिदार' कवितासङ्ग्रहका साथ जोडिएका छन्, यो बडो सुखद उपलक्ष्य हो, सिङ्गो वाङ्मयका लागि । यस सङ्ग्रहका कवितालाई पढ्दा मिथोच समतावादी सांस्कृतिक चिन्तन एवम् दार्शनिक व्यक्तित्व निर्माणतिर उन्मुख देखिन्छन् । समकालीन विसङ्गत यथार्थसँग विकल्पसहितको विद्रोहलाई मिहीन स्वरमा सुसेल्ने उनले आफूसम्बद्ध जातीय संस्कृति, इतिहास र मिथकलाई सचेत प्रयोग पनि गरेका छन् । विसङ्गत यथार्थप्रतिको विद्रोहले सुसङ्गत सभ्यता निर्माणमा कविको ऐक्यबद्धता प्रष्ट भएको छ भने स्वजातीय सांस्कृतिक विम्ब, प्रतीक र मिथकहरूको प्रयोग गरेर उनले पाठकवर्गलाई आकाशतिर मात्र होइन जरातिर पनि फर्काइदिएका छन् । भाषामा नवीनता, शैलीमा मौलिकता र अभिव्यक्तिमा सूत्रमयतालाई सक्दो पछ्याएका कवि मिथोचलाई यस सङ्ग्रहले काव्यसाधानाको उज्यालो क्षितिजतिर स्पष्ट रूपमा प्रतिविम्बित गरेको महसुस दिलाउँछ । -स्वप्निल स्मृति
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in