About the Author
Keshav Raj Gnawali
ISBN 9789937790994
Rs. 898
Agyat
गोर्खा राज्यको विस्तार अनगन्ती मानिसको पसिना र बलिदानबाट भएको थियो । अज्ञात तिनै मानिसको कथा हो, जसलाई राज्यले कहिल्यै पहिचान दिएन, जो इतिहासमा गुमनाम रहिरहे । यस कथाको केन्द्रमा कमारो बस्न बाध्य पारिएको मन्या छ आफ्ना बाबुबारे थाहा पाएपछि ऊ तिनको खोजीमा घरबाट भाग्छ सैनिक सेवाबापत पाउनुपर्ने रकमसम्बन्धी विवादमा काजीको मृत्यु हुन पुगेपछि उसका तिलङ्गा बाबु लामो समयसम्म हरिद्वारमा लुकेर बसेका हुन्छन्, जहाँ उनको भेट मन्यासँग हुन्छ । बाबुबाट आमाबारे थाहा पाएपछि मन्या सुराग पछ्याउँदै उनको खोजीमा एक ठाउँबाट अर्को ठाउँ जान्छ - मृत्यु, लुटपाट, विस्थापित गाउँ, युद्धरत राज्यको आदेश मान्न अभिशप्त मानिसका पीडाको साक्षी बन्दै। अन्ततः ऊ नालापानी किल्ला आइपुग्छ, जहाँ अङ्ग्रेजहरूको आक्रमण रोक्न बलभद्र कुँबर सेनाको सानो टुकडी लिई बसेका हुन्छन् । अनि युद्धलाई प्रश्न गर्दै हिँडेको ऊ युद्धमा होमिन पुग्छ । उसले हानेको गोलीले जनरल जिलेस्पी मर्छ र अङ्ग्रेजी फौज पछि हट्छ । तर के उसको खोजी सफल हुन्छ ? के उसले सम्झिरहने वनदेवीसँग उसको भेट हुन्छ ? युद्धबीच अङ्कुराएका प्रेम र युद्धको व्यर्थतालाई सक्ष्म तरिकाले देखाइएको यो उपन्यास युद्धका साधन बनाइएका मानिसका दृष्टिवाट लेखिएको सशक्त युद्धविरोधी उपन्यास हो, जन, शिल्प र वैचारिकीका हिसाबले पनि उत्तिकै अब्बल छ ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in
