About the Author
Tirtha Shrestha
ISBN 9789937932073
Rs. 345
Dharsai Dharsako Chakrabyuha
तीर्थ श्रेष्ठ सुपरिचित कवि तथा गीतकार हुन् । उनले गजल र मुक्तकमा पनि कलम चलाएका छन् । कवि तीर्थ एकताका नेपाली साहित्यिक जगत्मा चर्चित तरलवादी आन्दोलनको नेतृत्वदायी पङ्क्तिमा थिए | २०१६ सालमा पोखरामा जन्मेका कवि तीर्थले पञ्चायतकालमा प्रजातान्त्रको पक्षधर भएर सक्रिय राजनीति गरेका थिए | उनीसँग पोखरा नगरमा जनपक्षीय प्रतिनिधित्व गरेको अनुभव पनि छ । उनी अहिले राजनीतिबाट पन्छिएर पोखराको सांस्कृतिक प्रवर्धन र साहित्यिक उन्नतिका निम्ति क्रियाशील छन् । विभिन्न पुरस्कार र सम्मानबाट विभूषित कवि तीर्थका 'जिन्दगीको कुरुक्षेत्रबाट', 'महाभारतका गीतहरू', 'मेरै हिमालजस्तो' लगायत कृति प्रकाशित छन् । उनी जीवन र जगत्को सङ्घर्षशील समयको भावलाई सरल र सुरुचिपूर्ण शब्दमा बुन्ने सीप भएका मौलिक शिल्पकार हुन् । नेपाली कवितामा लामो समयदेखि साधनारत कवि तीर्थको 'धसैंधर्साको चक्रव्यूह' मा त्यही मौलिक सीपले सजिएका कविताहरू समेटिएका छन् ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in
