About the Author
Bhagawan Koirala
ISBN 9789937746304
Rs. 575
Fineprint Pvt. Ltd.
Hridaya
लगनशील, मिहिनेती, इमानदार चिकित्सक मात्र होइन, उस्तै सफल व्यवस्थापक पनि । भगवान कोइरालाको यो पुस्तक पढेपछि थाहा हुन्छ- सत्कर्म गर्नेहरुका लागि हाम्रो राजनीति कति साधक हो, कति बाधक ! कोइरालाको यो संस्मरणात्मक कृतिले नेपालको चिकित्सा क्षेत्रका समस्या, समाधान, उपलब्धि र सम्भावनाको ऐना त देखाउँछ नै, सँगै चिकित्सा क्षेत्रलाई जनजनमा पनि पुऱ्याउनेछ । र बनाउनेछ कसैलाई भावुक अनि कसैलाई उत्प्रेरित । कोइरालाले अनेकौ अवरोध, प्रलोभन, समस्या र अस्तव्यस्तताबीच जेजति गर्न सके, त्यसबारे पढेपछि नास्तिक पनि हुनेछ आस्तिक र भन्नेछ- भगवान (कोइराला), सलाम ! अपरेसन थिएटर बाहिरको कथा बाह हजारभन्दा बढी मुटुको शल्यक्रिया गरेका डा. कोइरालाले नेपालमा बालबालिकाको उपचारका निम्ति बहुविशिष्टीकृत अस्पतालको अभाव महसुस गरे । त्यही अभाव कम गर्न र पैसा अनि पहुँच नभएका वा भएर पनि नेपालमा उपचार सम्भव नभएका कारण कुनै पनि बालबालिकाले ज्यान गुमाउनु नपरोस् भन्ने हेतुले बाल अस्पताल निर्माणको योजना बनाए । सातै प्रदेशमा अस्पताल निर्माणको खाका कोरेका कोइराला र उनको समूहले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ, केन्द्रीय अस्पताल भवन निर्माणको काम सुरू गरिसकेको छ । तपाईंले खरिद गर्नुभएको यस पुस्तकबाट प्राप्त हुने लेखकस्वको ५० प्रतिशत अस्पताल निर्माण अभियानलाई जानेछ ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
11 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in
![हृदय [Hridaya]](https://cdn.scolarnepal.com/products/हृदय-hridaya.webp)