About the Author
Janaki Prasad Parajuli
ISBN BM89BD8DE80A7C
Rs. 515
Jeevan Na Phed Na Tuppo
मझेरीको बिचमा सानु अगेनु खनेको थियो । अगेनुको छेउमा बसेर घांस काट्दा भिजेको चिसो लुगा सेकाउदै थिईन् आमा । सेकाउदा सेकाउदै आमाको तल्लो पेट बेस्सरी दुखेछ । एकछिन खुट्टा तन्काएर ऐया भन्दा भन्दै छोरी जन्मीछे । जम्मा सात बर्षकी हुदैमा पराई घरमा पठाई दिन्छन् बाबुआमाले । दश बर्षकै उमेरमा मनोरथ मर्छन् अनि बिधवा बन्नु पर्छ । दोश्रो बिबाह गरेपछि नैनकला जन्मनासाथ फेरी बिधवा बन्नु पर्छ । नैनकला छोरीलाई दाजु अग्नीधरको जिम्मा दिईन् । जुद्द शमसेरले क्यै लछारपाटो लाएनन् । महिला अधिकार देख्नै नपाई नदीमा हाम्फालेर मरिदिन्छिन् । बाह्रै बर्षको उमेरमा आहाल डांडाकी ठुलीको पनि बिहा भको । प्याक्लामा चार बर्ष पनि नबत्दै आफै मरिछ । बडा बा ले पुराना ज्वाई भनेर फेरी आफ्नै छोरी टिका लगाई दिएछन् । दुईचोटी पर सर्दा बाह्र बर्षकी मात्रै थिई ठुली । तेह्रै पर्षमा प्रलाद जन्मिएछ । ठुलीको पनि छैहत्तरको उमेर भाको थियो । । गीता , वेद र पुराण पनि सुनाका थियौं । क्यै लछारपाटो लागेन । श्रीमानलाई कोशीको किनारमा लगेर ब्रम्मनालमा सुताउनु परो । अब त छ बर्ष भयो बिधवा भा को नि । म पनि भए बयासिकी । झापा बिद्रोह देखिनै जनताको शिर छेदन गर्न जनतालाई नै अधिकार दिनेहरुले पालै पालो अधिकार जमाएर जनतालाई नै “ दलित “ बनाए क्यै लछारपाटो लागेन । दुबैछाक चुल्हो बाल्न मुस्किलहुनेहरुलाई कांधमा बन्दुक बोकाए । अनि स्कुलजान नसक्नेहरुलाई कम्मरमा पेस्तोल भिराएर टुरिस्ट बोक्ने ड्राईभर र गाईडको कन्चटमा तेर्स्याउन लगाउनेहरुले पनि क्यै लछारपाटो लाएनन् ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in
