About the Author
Madanmani Dixit
ISBN 9789937712316
Rs. 225
Manjari Publications
Meri Mata
तबेलाको काम गर्नेबाहेक परिवारहरूको रोज-रोजको सेवाका निम्ति एक-एक जना कमारी रहने गरेका थिए । कमारीहरू हाम्रो घरमा बस्दा अज्ञात व्यक्तिबाट सन्तान जन्माउँथे र त्यस्ता सन्तानलाई हाम्रो त्यो विशाल घरको चारैतिरको पर्खालको फेदमा लुकाएर गाडिदिने गर्थे । एउटी कमारीले मेरी माहिली दिदीको विवाहको अन्त्यमा लोकन्ती भएर जानुपर्दा उसको लोग्नेले नयाँ सुती साडीको माग गरेको थियो । त्यसबाट रिसाएर उसलाई मेरा एक पितृव्यले हात समातेर फनफनी घुमाएका थिए र त्यसको दाहिने पाखुरा भाँचिएको थियो । यो संवत् १९७७ सालको घटना हो । भाने भन्ने कमारोले एक दिन मेरा एक पितृव्यको दराजमा रहेको बट्टा चुरोट झिकेर सल्कायो । त्यो अपराधबापत उसका दुवै हातमा कटक बिजुली बाँधेर चक्का घुमाई एक घन्टासम्म बिजुली लगाइयो । बिजुली लागेको समयमा भाने एक डल्लो भएर भुइँमा लडिरह्यो । चार घन्टापछि त्यो केटोको होस खुल्यो र उठेर काम गर्न थाल्यो । यो घटनाको साक्षी थिएँ म । मेरा पितामह चढ्ने घोडा पुड्को, निक्खर कालो र निकै फूर्तिलो थियो । पितामहले पहिरिने कोटमा घोडाको कालो रौं एउटा मात्र पर्यो भने पनि उहाँ गैरीधारादेखि ट्रॅडिखेलको खरीको बोटसम्म जाँदा सयसले घोडाले जति नै उहाँको लट्ठीको पिटाइ सहनुपर्थ्यो ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
11 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in

