About the Author
Rishiram Pandey
ISBN 9789937692557
Rs. 250
Nepali Ukhan Tukka ra Gaukhane Katha
ऋषिराम पाण्डे बालबालिकाहरूलाई मनोरञ्जनात्मक ढङ्गले भाषिक स्वाद दिन्छन् । उनका सङ्कलनमा आएको 'नेपाली उखान टुक्का र गाउँखाने कथा' ले विद्यार्थीहरूमा जिज्ञासा उत्पन्न गराउँछ । यस कृतिको पठन-पाठनबाट बालबालिकाहरू उखान-टुक्काको अर्थ बुझ्ने र तिनलाई प्रयोगमा ल्याउने सिप प्राप्त गर्न सक्नेछन् । यस कृतिमा २७० उखान, ६४ टुक्का र १०५ गाउँखाने कथा सङ्कलित छन् । यिनले विद्यार्थीमा जिज्ञासा उत्पन्न गराई भाषिक अभिव्यक्तिमा मिठास थप्छन् । यी वाक्पद्धतिको प्रयोग सन्दर्भले भाषासँग खेल्ने सिप विकासमा मद्दत गर्छन् । आपसी छलफल तथा तर्क क्षमता विकासमा पनि यस्ता भनाइ महत्त्वपूर्ण मानिन्छन् । यसबाट विद्यार्थीमा अभिव्यक्ति क्षमता वृद्धि हुने विश्वास गर्न सकिन्छ । प्रस्तुत भाषिक सामग्री वाक्पटुताका लागि उपयोगी शब्द वाण हुन् । अर्थविस्तार गर्ने यस्ता भनाइ सूत्रमा अभिव्यक्ति दिने सामग्री पनि हुन् । यस्ता भाषिक सूत्रहरूको सान्दर्भिक स्थानमा सटिक प्रयोग हुँदा चोटिलो अर्थ सम्प्रेषण हुन्छ । बालबालिकामा भाषिक सिपमा निखार ल्याउन यस्ता सामग्री उपयोगी ठहर्छन् । पाण्डेको यस कर्मले बालबालिकाहरूको भाषिक ज्ञान वृद्धि तथा नेपाली भाषाको मौलिक सम्पदा संरक्षणमा पनि योगदान पुऱ्याएको छ। उनको यस कार्यको प्रशंसा गर्दै कृति सफलताको शुभकामना व्यक्त गर्दछु। -डा. छायादत्त न्यौपाने 'बगर'
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in