About the Author
Kathalaya
ISBN 9789937737753
Rs. 375
Rakshas Tarsaune Ketaharu
जेना बाउरले लेखेको यो चित्रपुस्तकमा मालगोसिआ जायातका चित्र समावेश छन् । कथालयबाट प्रकाशित पुस्तकका नेपाली अनुवादक भिक्टर प्रधान हुन् । प्रधानले विगत २० वर्षदेखि नेपाली बालसाहित्यको क्षेत्रमा कलम चलाउँदै आएका छन् । स्लोभेनियामा सन् १९७५ मा जन्मिएकी लेखक जेना बाउरले सुरुमा राजधानी लुबिआनाको थिएटर अफ एकेडेमीमा नाटकशास्त्र पढिन् अनि रेडियो, फिल्म र टेलिभिजनबारे अध्ययन गरिन् । स्नातकपछि बालबालिकाका लागि काल्पनिक कथा लेख्न थालिन् । उनको पहिलो पुस्तक ‘दि विच भ्यानिसर’ भेचेरनिसा अवार्ड-२००३ का लागि मनोनयनमा परेको थियो । उनको सर्वाधिक लोकप्रिय पुस्तक ‘स्कारी फेइरी इन दि फियरफुल फरेस्ट’ हो । सन् २०११ मा प्रकाशित यो पुस्तक विभिन्न विदेशी भाषामा अनुवाद भएको छ । २०१३ मा भेचेरनिसा र डेसेट्निका अवार्डका लागि मनोनयनमा परेको यो पुस्तकले गोल्डेन पियर सिल प्राप्त गर्याे । यस्तै, उत्कृष्ट अनुवादका लागि लिथुआनियामा आईबीबीवाई अवार्ड दिइएको थियो । पुस्तककी चित्रकार मालगोसिआ जायात ग्राफिक डिजाइनर पनि हुन् । उनले पोल्यान्डको कारकोस्का एकेडेमीबाट फाइन आर्टस्मा स्नातक गरेकी छन् । उनले विभिन्न देशमा बालपुस्तकका लागि चित्र बनाएकी छन् । उनले यही पुस्तकमा चित्र बनाएबापत सन् २०२० मा दि व्हाइट रेबेन्स सूचीमा पर्दै इन्टरनेसनल युगेनबिबियोथेक अवार्ड पनि पाइन् । यो चित्रकथा दुई साथी ओट्टो लोकस र फिलिप राबिटीबीचको रमाइलो कुराकानीमा आधारित छ ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in




