About the Author
Manjul
ISBN 9789937932042
Rs. 595
Publication Nepalaya
Samjhana ka Pailaharu
मञ्जुल प्रसिद्ध गीतकार, कवि र गायक हुन् । उनी सङ्गीत र साहित्यका माध्यमबाट सामाजिक परिवर्तनको आवाज उठाउने अभियन्ता पनि हुन् । नयाँ पुस्ताका उदीयमान सर्जकलाई सधैं प्रेरित गर्न रुचाउने मञ्जुलले गीत, कविता, नियात्रा, निबन्ध र उपन्यासमा कलम चलाएका छन् । राल्फा अभियानबाट चर्चामा आएका मञ्जुलले नेपालको सामाजिक परिवर्तनमा गरेको योगदान अतुलनीय छ । पञ्चायतकालमा राल्फा अभियान र सङ्कल्प साङ्गीतिक कार्यक्रममार्फत उनले गर्ने गरेको वैचारिक उद्घोषण अत्यधिक लोकप्रिय थियो । उनको त्यही उद्घोषण कलाले नेपालको राजनीतिक परिवर्तनमा प्रभावकारी भूमिका निभाएको थियो । त्यस बेला रामेशको सङ्गीत र मञ्जुलको उद्घोषणले वामपन्थीहरूको एउटा खेमाको जग निर्माण गर्न महत्वपूर्ण भूमिका निभाएको थियो। २००३ सालमा भोजपुरमा जन्मेका कवि मञ्जुल र २००१ सालमा पाल्पामा जन्मेका सङगीतकार रामेशको मित्रताको जीवन्त विवरण हो यो पुस्तक । यस पुस्तकले मञ्जुल र रामेशको तत्कालीन साङ्गीतिक यात्राको बयान मात्र गर्दैन, नेपाली समाज र राजनीतिक व्यवस्थाको तितो यथार्थ समेत खुलस्त वर्णन गर्छ ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
11 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in




