About the Author
Hom Karki
ISBN 9789937088398
Rs. 540
Sanaiya
राठ चल्ने उजाड मरूभूमिमा सुन्दर जीवनको खोजी गर्ने केही मानिसहरू छन्, जो आफ्नो परिवार र सन्तानको भविष्यका लागि पसिनाका धारा बगाइरहेका छन । अरबले संसारलाई देखाइरहेको वैभवमा यी मानिसहरूको श्रम गारोमा इँटाजसरी बसेको छ, जो बाहिरबाट हेर्दा देखिंदैन तर संरचनाको भार उसैले बोकेको हुन्छ । कतै अग्ला भवनमा झुन्डिएर रङ लगाइरहेका त कतै सिसाका झ्याल मिलाइरहेका यिनको श्रम रियाल, दिनार र दिराममा साटिएर नेपाल आइपुग्छ । सुन्दर भविष्यको खोजीमा जवान वर्तमान साटिरहेका तिनै मानिसहरूको कथा हो, सनैया । आफ्नो देश र समाजले उपयोग गर्न नसकेको, उपेक्षा गरेका सस्ता श्रमिकको जीवन गाथा हो, सनैया । एउटा सिंगो पुस्ताले भोगेको अपमान र अत्यासको विरह, जसमा नेपालको अर्थतन्त्र टिकेको छ, देश बनाउन परदेश हिंड्ने श्रमजीवीको कथा हो सनैया । जसले अरबका चोक चोकमा नयाँ नेपाल बनाएका छन्, तिनका टुटेका सपना र छुटेको जीवनको कथा पनि हो, सनैया ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in