RT

About the Author

Rabindra Tamang

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Textbook
Language Nepali

ISBN 9789937330824

Rs. 325

Written by

RT

Rabindra Tamang

Explore more published works by Rabindra Tamang on Scolar Nepal.

Tamang Lok Katha Sanglo

Tamang Lok Katha Sanglo

हाम्रा लोककथाले प्रायः विविध पक्षलाई नियालेको पाइन्छ । हासै समाजभित्रका मौलिक चरित्रमार्फत सन्देश प्रवाह गरिरहेको हुन्छ । तामाङ संस्कृति र संस्कारले बेग्लै पहिचान बोकेको छ । विशेषतः यहाँ डम्फू, लामा, बोन, झाँक्री र तम्बा लगायतले जातीय सौन्दर्य पोखेका छन् । यिनै परम्परागत ज्ञानले पुर्खालाई चिनाउन मद्दत गरेको छ । आदिवासी समुदायका आवाजहरू गीतजस्तै सुरिला हुन्छन् । त्यसले जीवनको लय समातेको हुन्छ । जहाँ समाज रूपान्तरणका लागि अनेकौ प्रयास भएका छन् । त्यो पात्र आज पनि हामी सामु विभिन्न भूमिकामा देखा पर्छन् । हुन त तामाङको आफ्‌नै सीप र कला छ। यसभित्र सपना र सङ्घर्षका कथा छन्। जहाँ ती समुदायका प्रतिध्वनि सुन्न सकिन्छ । तिनै पुर्खाका सन्देश गुरुमन्त्रजस्तै लयवद्ध भएर गुञ्जिन्छन्। त्यो पात्र आज पनि आफैलाई चिनाउन इतिहासको दैलो खोल्न आतुर छन् । गगनदीप सर्व लोकसाहित्य कुनै पनि जाति वा समुदायको भाषा, साहित्य, कला र संस्कृतिको आधार हो । लोकदर्शनबाटै समाजका आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक पक्षहरू सञ्चालित भएका हुन्छन् । जसले मानव हुनुको पूर्णतालाई अघि सार्दै जीवनलाई बाँच्न र बचाउन प्रेरित गर्दछ । हो, तिनै समयको साक्षीको रूपमा तामाङ जातिको लोकदर्शनको आधारशिलामा उभिएका कथाहरू हुन् तामाङ लोककथाहरू । जसलाई तामाङ जनजिब्रोबाट टपक्क टिपेर जस्ताको तस्तै सग्लो पुस्तकाकारमा उतारेर गर्विलो कार्य गरेका छन् सङ्कलकद्वय रविन्द्र तामाङ र सोनी तामाङले । लोककथा आफैंमा सिर्जना होइन। यो त एक पुस्ताबाट अर्को पुस्तामा संस्कृति र विकृति बीच कथिएको कथ्य परम्परा हो। यस्ता आख्यानहरूलाई भनिदै नजाने हो भने एक निश्चित कालखण्डमा गएर त्यसै त्यसै हराएर जाने सम्भावना रहन्छ। यस अर्थमा यो मौखिक हस्तान्तरणको प्रक्रिया पनि हो । आजको प्राविधिक एवं भौतिक युगमा कतिपय मिथकहरू हराइसकेका छन् भने कतिपय हराउने क्रममा छन् । यस्तोमा सङ्कलकद्वयले तामाङ समुदायको सामाजिक, ऐतिहासिक एवं धार्मिक पक्षसँग सम्बन्धित प्रचलित मिथकहरूलाई प्रवर्द्धन र आगामी पुस्ताका लागि सुरक्षित गर्दै जातीय पहिचानलाई समेत उजागार गर्ने प्रशंसनीय कार्य गरेका छन् । कृष्णकुमार लामा (तामाङ)

Available formats

1 format

Paperback

Physical

Rs. 325
In stock
ISBN: 9789937330824
1

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
ISBN 9789937330824
Cover Type Paperback
Type Textbook
Language Nepali
Authenticity 100% Authentic Edition
SKU 2010000295090

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in