US

About the Author

Uma Subedi

Category Nepali Literature (Poetry/Classics)
Cover Type Paperback
Type Textbook
Language Nepali

ISBN 9789937866392

Rs. 275

Written by

US

Uma Subedi

Explore more published works by Uma Subedi on Scolar Nepal.

Toda

अत्यासको यो बेलामा मैले यसरी अचानक सम्झिएकी थिएँ इभालाई, र इभासित जोडिएका सुकिला प्रसङ्गहरुलाई । अनि अचानक मभित्र गुमिसकेको आत्मविश्वास फेरि जागृत भएर आएको थियो । तर आतङ्कले कालोनिलो भएका बेन्जामिन भने मेरो कुराले झन् अलमल्ल परेका थिए । मैले बेन्जामिनलाई आश्वस्त पार्दै फेरि भनेँ– ‘नडराऊ बेन्जामिन । हामीलाई इभाले बचाउनेछिन् ।’ त्यसपछि म छोरी सिर्लीलाई आफ्नै छातीमा टाँसेर घरको पश्चिमतिरको ढोकामा पुगेकी थिएँ । त्यो ढोका मूल सडकतिर नखुलेर घरको पछाडितिर खुल्ने भएकाले केही सुरक्षित पनि थियो । म ढोका खोलेर निस्किएँ । म हस्याङफस्याङ गर्दै एक मिनेटमै इभाको घरमा पुगेँ । इभा आफ्नो बेडरूमसित गाँसिएको डार्करूममा अस्तिमात्र खिचेका हिटलरका तस्विर र नेगेटिभहरुलाई भर्खर डेभलपर र फिक्सरबाट झिकेर सुकाइरहेकी थिइन् । उनले डार्करूमको ढोकामा लागेको रातो सिसाभित्रबाट मलाई देखिन् । मलाई देखेर उनी खुसी भइन् । तुरून्तै डार्करूमबाट बाहिर आइन् । सधैँझँ यति बेला पनि उनको अनुहारमा निश्छल मुस्कान थियो । उनले उत्साहसाथ मेरो हात समातिन् र मलाई पनि डार्करुमभित्रै डोर्‍याउँदै लगिन् । मैले त्यति बेला महसुस गरेँ इभाको हात कति तातो थियो । इभाले सोधिन् पनि मसित– ‘तिम्रो हात किन बरफभन्दा पनि चिसो भएको ?’ मैले कुनै उत्तर दिन सकिनँ इभालाई । यद्यपि म भन्न चाहन्थेँ– ‘सिस्टर इभा, हातमात्रै होइन, यतिखेर त मेरो मुटु पनि बरफझैँ चिसो भएको छ । मेरा आवाजहरु चिसोले ओसिन थालेका छन् । मेरा आँखाबाट दृश्यहरु पग्लिन थालेका छन् ।’ डार्करूमको मधुरो र रातो प्रकाशमा इभा अति सुन्दर देखिएकी थिइन् । उनका अनुहारमा यतिखेर पनि हिटलरप्रतिको अगाध प्रेम प्रकट भैरहेको थियो । सेतो टे«मा राखिएको डेभलपरको पानीजस्तो झोलमा उनले एउटा सेतो कागज राखिन् । एकै छिनमा कागजमा हिटलरको छायाचित्र उभरिएर आयो । उनले त्यो तस्विरलाई फेरि अर्को ट्रेमा राखिन् । त्यसमा फिक्सरको झोल थियो । हिटलरको ताजा तस्विरलाई फिक्सरमा डुबाएपछि तस्विर गाढा भयो । अब तस्विर कहिल्यै पनि मेटिँदैन । फिक्सरमा तैरिरहेको हिटलरको तस्विरलाई देखाउँदै इभाले मसित भनिन्– ‘मेरी प्यारी यहुदी बहिनी । यो तस्विरमा हेर त । मेरो हिटलर कति सुन्दर देखिएको छ ।’ तर यतिखेर म केही बोल्न सक्ने स्थितिमै थिइनँ । मैले इभाको प्रश्नको जवाफ दिनै सकिनँ । बरु मेरा आँखाबाट आँसु बग्न थाल्यो । मैले रूँदै भनेँ– ‘सिस्टर इभा, हिटलर र उसको नाजी सेना हाम्रो टोलमा पनि आइपुगेको छ आज । उनीहरु घर घर पसेर यहुदीहरुको हत्या गर्दै छन् । घर घरबाट यतिबेला चित्कार र रुवावासीको आवाज आइरहेको छ । के तिमीले यो आवाज सुनिरहेकी छैनौ ?’ इभाले अरु तस्विरलाई पनि फिक्सरबाट झिकिन् । भित्तामा पातलो प्लास्टिकको डोरी तानिएको थियो । हिटलरका तस्विरहरुलाई एउटा मसिनो क्लिपको सहायताले उनले त्यही प्लास्टिकको डोरीमा पालैपालो झुन्ड्याइन् । त्यसमुनि एउटा इलेक्ट्रिक हिटर थियो । हिटलरको तस्विर त्यही हिटरको तातोमा सुक्न थाल्यो । इभाले त्यसपछि मतिर फर्किएर मुस्कुराउँदै भनिन्– ‘मेरी यहुदी बहिनी, यतिखेर त मेरा कानमा हिटलरका मधुर प्रेममय वाणीमात्र प्रतिध्वनित भैरहेका छन् । म त उसको आवाजबाहेक केही सुनिरहेकी छैन ।’ ‘त्यसो भए अब यहुदीहरु रोएको आवाज पनि सुन सिस्टर इभा । उनीहरु मर्दै छन् । बचाऊ उनीहरुलाई । मलाई पनि बचाऊ । मेरा श्रीमान् बेन्जामिन यतिखेर घरमा एक्लै छन् । डरले थरथर काँप्तै छन् उनी । उनलाई तिमीले मात्र बचाउन सक्छ्यौ । मेरो छातीमा यति बेला लुपुक्क टाँसिएकी मेरी यो प्यारी छोरीलाई पनि तिमीले मात्र बचाउन सक्छ्यौ । तिमी हामी सबैलाई बचाउन सक्छ्यौ । लौ न, केही गर सिस्टर इभा ।’ मैले यति भन्दा मेरो आवाज प्रचण्ड हुरीमा हल्लिरहेको युक्लिप्टसको कमजोर रुखझैँ काँपिरहेको थियो । मैले मेरै आवाज पनि सुनिरहेकी थिइनँ । कतैबाट कसैले हारगुहार गरिरहेझैँ मसिनो मसिनो प्रतिध्वनित भैरहेको थियो मेरो आवाज त्यतिखेर । इभा त्यतिखेर पनि हिटलरकै तिनै ताजा तस्विरतिर एकनासले हेरिरहेकी थिइन् । मानौँ एकै छिनमा त्यो तस्विरबाट निस्किएर हिटलर उनका अगाडि थपक्क उभिनेछ र उनका गालामा मायाले चुम्बन गर्नेछ । (यसै उपन्यासबाट) Maoist conflicts and war for ten years, social economic condition of Nepal became very poor. This book is tried to depict a clear picture of Nepali society and Nepalese people who has to go abroad for earning bread and butter. Like many Nepali girls Parwati, the main female character also goes to Israel to work as caregiver. This is not only a story of struggle, suffer, pain, agony of such Nepalese people but Israelis and also tried to portrait picture of time of Hitler and his army.

Available formats

1 format

Paperback

Physical

Rs. 275
Out of stock
ISBN: 9789937866392

All 77 Districts COD

Nationwide cash on delivery

7-day exchange

Damage or wrong edition

Genuine print

Direct from publishers

Specifications

8 details
Author Uma Subedi
ISBN 9789937866392
Cover Type Paperback
Type Textbook
Language Nepali
Authenticity 100% Authentic Edition
SKU 2010000314999

About the author

Community Reviews

Sign in to Write a Review
No reviews yet — be the first reader to share what you thought of this book.

Wrong edition? Want a different title?

Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.

Sign in to send us a message - it lets us reply and keeps out spam.

Sign in

More from Uma Subedi

All by Uma Subedi →