About the Author
Jagadish Ghimire
ISBN 9789937252898
Rs. 375
BIBLIONEPAL
सकस [Sakas]
व्यक्ति-व्यक्तिको मात्र होइन, गाउँ-गाउँको, जिल्ला जिल्लाको, क्षेत्र-क्षेत्र मात्रको पनि होइन, यो देशैभरिको सर्वाङ्गीण सकस हो । विना अपराध निर्वासित, विस्थापित जनताबीच आइपरेको सकस हो । अनगिन्ती निर्दोष निहत्था जनता बिनसित्ति मारिदाको सकस हो । देशको सङ्कटको, राजनीतिक सङ्क्रमणको सकस हो यो । सकसैसकसको यस आख्यानले पाठकको मनलाई नछोई छाड्दैन । विशेषतः यसको रौद्रताले उद्वेलित बनाउँछ, बीभत्सताले पीडा, घृणा पैदा गर्छ र कारूण्यले भित्री मन पगाल्छ ।-ज्ञानमणि नेपाल, वरिष्ठ इतिहासकार लिलामदेखि साबिती हुँदै सकससम्मको सजनयात्रामा उपन्यासकार जगदीश घिमिरेको एकमात्र प्रतिबद्धता हो- सामाजिक न्यायको शङ्खघोष । यो प्रतिबद्धता सकसमा अझ बढी मुखर, सघन, परिष्कृत र काव्यिक अभिव्यञ्जना सहित व्यक्त भएको छ। सकसमा आख्यानलाई इतिहास, दर्शन र विचारधाराले सम्पुष्ट पारिएको छ । छरितो भाषा, पुराणसम्मत शैली र ललित व्यङ्ग्यका दृष्टिले समेत यहाँ स्रष्टा जगदीश घिमिरे हाम्रो समयका एक मूर्धन्य प्रजापति बन्न पुगेका छन् । सकस नेपाली आख्यान साहित्यको एक अनुपम प्राप्ति हो ।- नारायण ढकाल, आख्यानकार सकस एउटा अति विशिष्ट उपन्यास हो र नेपाली आख्यानमा सर्वथा नवीन बान्की पनि । यसमा कहालीलाग्दो इतिहास र मूल्यक्षय हुँदै गएको आजको राजनीतिक यथार्थ अनि त्यसले भित्र्याइरहेको डरलाग्दो भयावहता जीवन्त कथानकमा रुपान्तरित भएको छ । फराकिलो कालखण्डको क्यानभासमा लेखिएको अध्ययन, धैर्य, आँट र सीपले खारिएको यो आख्यान अत्यन्त शक्तिशाली। छ। सकस नेपाली साहित्यको मूल्यवान धरोहर हो । आज म जगदीश घिमिरेलाई। नेपाली आख्यान साहित्यको शिखरमा देखिरहेको छ ।। -नयनराज पाण्डे, आख्यानकार
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
9 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in



![अन्तर्मनको यात्रा [Antarmanko Yatra]](https://cdn.scolarnepal.com/products/अन्तर्मनको-यात्रा-antarmanko-yatra.webp)