About the Author
Sanu Sharma
ISBN 9789937775113
Rs. 666
Pharak
२०६० को दशकदेखि आख्यानकारका रूपमा आफ्नो उपस्थिति देखाएकी सानु शर्मा स्वदेशी तथा विदेशी परिवेशलाई आधार बनाई समाजमा लुकेका विभिन्न पक्षहरूको सूक्ष्म अध्ययन गरी आख्यान लेख्नुहुन्छ । आख्यानको क्षेत्रका आफ्नो छुट्टै पहिचान बनाउन सफल शर्माका ‘अर्धविराम’ (२०६२), ‘जीतको परिभाषा’ (२०६७), ‘अर्थ’ (२०६८) ‘विप्लवी’ (२०७४), ‘उत्सर्ग’ (२०७७) लगायतका उपन्यास प्रकाशित भइसकेका छन् । त्यस्तै ‘एकादेशमा कथासङ्ग्रह मदन पुरस्कारको २०७६ को सर्वोत्कृष्ट कृति सूचीमा समावेश भएको कथासङ्ग्रह हो । घटनालाई आकस्मिक मोड दिई आख्यान टुङ्ग्याउने अनौठो, नयाँ र फरक शैली लेखकका आख्यानमा पाइने विशेषता हुन् । प्रायः प्रथम पुरूष शैली र पूर्वदीप्ति शैलीमा लेख्ने उहाँका आख्यान अत्यन्त रोचक र प्रभावपूर्ण छन् । यही शैली लेखकका रूपमा चिनाउने पृथक विशेषता पनि हो । सानु शर्मा समकालीन पुस्ताकी पृथक आख्यानकारका रूपमा परिचित हुनुहुन्छ । मर्मस्पर्शी र बिम्बयुक्त वाक्य तथा पाठकलाई संवेदनशील बनाउने भाषाशैली उहाँका आख्यानमा पाइने विशेषता हुन् ।
Available formats
1 formatPaperback
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in




