About the Author
Sushila Deoja
ISBN 9789937934763
Rs. 455
Sampada Darshan
सम्पदा भनेको सिर्जनशील प्रतिभा भएका हाम्रा पुर्खाहरूले बनाएर गएका मठ, मन्दिर देवल, गुम्बा, विहार, सत्तल, मूर्ति, ढुङ्गेधारा, पोखरी, कलाकृति, नाचगान, चाडबाड बाजाहरू नै हुन्। यी सम्पदाहरूलाई हामीले संरक्षण गर्नुपर्छ । संरक्षण गर्न जानिएन भने हाम्रो अमूल्य सम्पदाहरू एक-एक गरेर नष्ट भएर हराएर जान सक्छन् । उक्त परिप्रेक्ष्यमा हाम्रा ती अमूल्य सम्पदाहरूको बारेमा जति सक्यो उति धेरै ज्ञान हामीले थाहा पाइ राख्नुपर्छ । यसबाट हाम्रो देश समृद्ध हुन्छ र हाम्रो जीवन सुखमय बन्छ । हाम्रो देशको शिर सदैव उच्च भइरहन्छ । अतः हाम्रा सम्पदाहरूको परिचय र विशेषता थाहा पाउनका लागि हाम्रा भाइबहिनीहरूले यस्ता उपयोगी पुस्तकहरू पढ्ने बानी गर्नुपर्छ । सुशीला देउजा वरिष्ठ लेखक हुनुहुन्छ । उहाँका पाँचवटा बालसाहित्य कृतिहरू प्रकाशित छन् । उहाँको बाघ र बाबा कृति चार भाषामा प्रकाशित नेपाली बालसाहित्यको पहिलो चित्रकथा कृति हो । यस कृतिका लागि उहाँले दुर्गादेवी उत्कृष्ट बालसाहित्य लेखक पुरस्कार, २०७४ प्राप्त गर्नुभएको छ । चारूमतीको रहस्य (बालचित्रकथा) उहाँको २०७७ मा प्रकाशित कृति हो । यात्रा साहित्य, कथा र लघुकथा विधामा पनि कलम चलाउनुहुने लेखक देउजाका केही पाइला केही अनुभूति (नियात्रा), चारू (कथासङ्ग्रह) र पेटको आगो (लघुकथासङ्ग्रह) प्रकाशित छन् ।
Available formats
1 formatHardcover
Physical
All 77 Districts COD
Nationwide cash on delivery
7-day exchange
Damage or wrong edition
Genuine print
Direct from publishers
Specifications
8 detailsAbout the author
Community Reviews
Sign in to Write a ReviewWrong edition? Want a different title?
Tell us about a book, edition or format you'd like us to stock — or flag anything off about this page.
Sign in to send us a message - it lets us reply and keeps out spam.
Sign in


